
काठमाडौं । आज हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रि दिवस । भाइरल संक्रमणका कारण कलेजोमा देखिने संक्रमण नै हेपाटाइटिस हो । ए, बी, सी, डी, ई गरी हेपाटाइटिस ५ प्रकारका हुन्छन् । हेपाटाइटिस बी र सी लाई एच आइ भी एड्स, क्षयरोग जस्तै, घातक रोग मानिन्छ । यो वर्ष विश्व हेपाटाइटिस दिवशको नारा एक जीवन एक कलेजो तय गरिएको छ ।
विश्वभर हरेक वर्ष हेपाटाइटिसकै कारण १३ लाख मानिसको मृत्युको हुने गरेको तथ्याकं छ । हेपाटाइटिसले सिधै कलेजोमा संक्रमण गर्ने भएपनि बी र सी लागेका ८० देखि ९० प्रतिशत मानिसमा पूर्णरुपमा रोग नलागेसम्म कुनै लक्षण नदेखिने हुँदा, अरुमा फैलाउनुका साथै अन्तिम अवस्थामा पुगी मृत्युवरण गर्नु परेको धेरै उदारहण रहेका छन् ।
स्वास्थ्य सेवा सहज पहुँच भएका शहरी ठाउँमा समयमै पत्ता लगाउन सके हेपाटाइटिसको उपचार सामान्य भैसकेको छ । तर, प्रविधि र चिकित्सकको अभाव भएका हिमाली गाउँमा भने समयमै रोगको पहिचान नभएको अवस्थामा हेपाटाइटिस ३० देखि ४० प्रतिशतसम्म फैलिएको पाइएकोे रक्तरोग विशेषज्ञ डा.पुकार थापा बताउनुहुन्छ ।
मौन माहामारी भनिने हेपाटाइटि बी र सी को उपचार १० वर्षअघि १०, १२ लाखको रहेको भएपनि अहिले ६० देखि ७० हजारमा यो रोग निर्मुल पार्न सकिने चिकित्सकको भनाई छ । सामान्यतय, हेपाटाइटिस ए , डी र ई अस्वस्थ खानेकुरा, फोहर ठाउँका कारण लाग्ने गर्दछ, जसको उपचार पनि सहज छ । हेपाटाइटिस सी लामो समय लागुपदार्थ दुव्र्यसनीमा बढी पाइएको छ भने सुइको साटासाटबाट, लामो समय विदेश बसेर आएका आमाको कोखबाट सन्तानमा, असुरक्षित यौन सम्पर्कबाट हेपाटाइटिस फैलिने गरेको डा. थापा बताउनुहुन्छ ।
अहिले बच्चा बेलामा हेपाटाइटिसको खोप लगाउनाले यो रोग सर्न पाउँदैन तर, नेपालमा हेपाटाइटिसका बिरामी नबढेको भएपनि कमी भने नआएको चिकित्सकको निष्कर्ष छ । तसर्थ समयमै परीक्षण गरी सावधानी अपनाउनसके सम्भावित गम्भीर क्षति कम गर्न सकिने चिकित्सकहरुले सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्