
प्यूठान । प्यूठानका अधिकांश विद्यालयमा दक्ष शिक्षक नहुँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको छ ।
आइसीटीका लागी सरकारले लाखौ रुपैयाँ खर्च गरेर विद्यालयमा कम्प्यूटर ल्यावको व्यवस्था गराएपनि अधिकांश विद्यालयमा दक्ष शिक्षक नहँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको हो ।
महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ देखि कम्प्युटर शिक्षा पढाई हुने गरेको छ भने कक्षा ९ र १० मा ऐच्छिक विषयको रुपमा कम्प्युटर शिक्षा पढाई हुन्छ । जसका लागी विद्यालयमा कम्प्यूटर प्रयोगाशाला स्थापना गरिएको छ । विद्यालयमा करिब १५ लाख रुपैयाँमा खरिद गरेका ३८ वटा कम्प्युटर छन् । तर, विद्यालयमा दक्ष जनशक्ति छैनन् । विद्यालयमा दक्ष जनशक्ति नहँदा विद्यार्थीले किताबलाई हेरेर पढ्नु परेको छ ।
त्यस्तै, प्यूठान नगरपालिका ७ पुण्यखोलाको क्षेत्रविकास माविमा पनि कक्षा ६ देखि १० सम्म आइसीटि शिक्षा पढाई हुने गरेको छ । यस विद्यालयमा पनि आइसिटिका शिक्षाका लागि १७ लाख रुपैयाँ खर्च गरेर ३० वटा कम्प्युटर खरिद गरिएको छ । तर, यस विद्यालयमा पनि दक्ष शिक्षक नहुदाँ विद्यार्थीले प्रयोगात्मक भन्दा सैद्धान्तिक रुपमा कम्प्युटर विषयको पढ्दै आएका छन् ।
सामुदायिक विद्यालयमा सरकारले लाखै रुपैयाँ खर्चेर कम्प्युटर कक्षा सञ्चालन गरेका छन् । कम्प्युटर शिक्षा सुरु भएको विद्यालयमा कम्प्युटरका लागि छुट्टै दरबन्दी छैन । तर प्यूठानका अधिकांश विद्यालयमा कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएका शिक्षकले नै कम्प्युटर विषय पढाइरहेका छन् । जसले गर्दा सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा देखावटी शिक्षा भएको छ ।
यी दुई विद्यालय त प्रतिनिधि मात्रै हुन । आइसीटी शिक्षाका लागि प्यूठान जिल्लाका ८० वटा विद्यालयमा करिब ३ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । तर जिल्लाका अधिकांश कम्प्युटर प्रयोगशाला प्रयोगविहीन अवस्थामा छ । सरकारीले एक कक्षा एक मल्टिमिडिया कार्यक्रम ल्याएन दक्ष शिक्षक नहँदा पूरा हुन सकेको छैन । विद्यालयमा कम्प्युटर (आइसीटि) शिक्षा लागु गराउन स्थानीय तहले नीति बनाएर लाग्ने तयारी थालेका छन् ।
सरकारले सामुदायिक विद्यालयमा आइसीटी शिक्षा सञ्चालनका लागी करोडौ रुपैयाँ खर्च गरेपनि विद्यार्थीमैत्री हुन सकेको छैन । जसले सरकारको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ ।



प्रतिक्रिया दिनुहोस्