
काठमाडौं । महानगर तथा उपमहानगरपालिकाको हितमा काम गरेर निकै चर्चा पाएका नगरप्रमुख बालेन्द्र साह र हर्क साम्पाङ विभिन्न समयमा सामाजिक सञ्जालमा दिईने प्रतिक्रियाका कारण आलोचित हुने गरेका छन् । सामाजिक सञ्जालमाहरुमा मेयरको भनाईबारे मिश्रीत प्रतिक्रिया आएपनि सार्वजनिक पदधारण गरेको व्यक्तिले अराजक किसिमले लेख्दा आलोचना गर्नेहरु बढेका छन् । कतिपयले उनीहरुमाथि कारवाही गर्न माग गरेका छन् ।
शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उहाँले सिंहदरबार जलाउने धम्की दिनुभयो । मेयर साहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै अवका दिनमा महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिने स्टाटस फेसबुकमा लेख्नुभयो । कोटेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले केही बेर महानगरको गाडी रोकेपछिकोको आक्रोश मेयर बालेनले फेसबुकमा पोख्नुभएको हो । यसअघि पनि साहले अदातलको फैसला समेत अवज्ञा गर्ने अभिव्यक्ति दिनुभएको थियो ।
त्यस्तै, पछिल्लो समय धरान उपमहानगरपािलकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत राजनीतिक दलका नेता कार्यकर्ता, केन्द्र सरकार, प्रदेश सरकार र मन्त्रीविरुद्ध खनिदै आउनुभएको छ । नगर प्रमुख साम्पाङले सामाजिक सद्भाव भड्काउने विभिन्न विषय उठाएर समर्थन र विरोध गर्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आउनुभएको छ ।
लोकप्रिय मतले जितेका स्वतन्त्र उम्मेदवार बालेन साह र हर्क साम्पाङ विकास र जनपक्षीय कार्यमा नगरमा निकै लोकप्रीय हुनुहुन्छ । सामाजिक सञ्जालमा त लाखौं समर्थक छन् । नगर विकासको पक्षमा लागेका नगर प्रमुखले, अव्यवस्थित पार्कीङ, सडकपेटी भरी रहेका फुटपाथ पसल, अव्यवस्थित होडीङबोर्ड, विभिन्न स्थानमा रहेका ढलको व्यवस्थापन, लथालीङग विजुली तथा ईन्टरनेटका तारले जेलिएको काठमाडौंलाई व्यवस्थित बनाउँदै ल्याएको कामले बालेनको ख्याती बढोत्तरी थियो । यस्तै, श्रमदानमार्फत कोकाहा खोलाको पानी ल्याएर र नगरमा एकतर्फी यातायात साधन सञ्चालनको नियम बनाएर वाहवाही पाएका धरानका मेयर हर्क साम्पाङका पछिल्ला गतिविधिलाई सजग ढंगले हेर्ने गरिएको छ ।
सार्वजनिक पदधारण गरेको व्यक्तिले सामाजिक सञ्जालमा आफुलाई चित्त नबुझेको बिषय अराजक किसिमले प्रस्तुत गर्दा त्यसले कानूनी राज्यको धज्जी उडेको भनी व्याख्या गर्नेहरु प्रशस्त छन् । मेयरका सामाजिक सञ्जालमा लेखिने शब्दहरु भड्कीला तथा असमान्य रहेका छन् । नगरको विकासका लागि आफ्नो दिन रात नभनी काम गर्ने र नागरिककोतर्फबाट पनि निकै तारीफ पाएका जनप्रतिनिधिको क्रियाकलापले भने परिवर्तनको खाका लिएर आएका नयाँ जनप्रतिनिधिको कार्यशैलीले धेरैलाई निरास बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्