
काठमाडौं । आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव तीजको बजारमा परेको छ । तीजको समय श्रृङगार सामानसहित लत्ता कपडाको विक्री अत्यधिक हुने गर्छ । तीज आउन केही दिन बाँकी रहँदा काठमाडौंको मुख्य बजारमा खासै चहलपहल छैन ।
काठमाडौंको ईन्द्र चोकमा श्रृङगार सामाग्रीको पसल सञ्चालन गर्दे आउनुभएकी सहनसीला महर्जन यो वर्ष व्यापारदेखि निकै निराश हुनुहुन्छ । पुरानो श्रृङगारको पसलकी सञ्चाल महर्जनले पसल सम्हालेको ३५ वर्ष बढी समय भैसक्दा यो बर्षको व्यापार हालसम्मकै खराब रहेको उहाँको महसुस छ । तीजलाई नै लक्षीत गरेर लगानी थप गरेपनि व्यापारमा गत वर्षको तुलनामा आधा जस्तो कमी आएको छ । उपभोक्ताले पछिल्लो समय श्रृङगारको सामाग्रीमा खासै ठूलो रकम खर्चन नखोज्जे सहनसीला महर्जन बताउनुहुन्छ ।
यो त एउटा उदाहरण मात्र हो । असन ईन्द्रचोक लगाएत देशभरनै अहिलेको बजार निराशाजनक छ । तीजमा बजार रातो सारी, चुरा पोतेमय हुन्छन् । तीज आउन एक महिना बाँकी रहँदादेखि नै बजारमा उपभोक्ताको चहलपहल बढ्ने असन ईन्द्रचोक अहिले सामान्य छ । कोरोना कालदेखि सुस्ताएको बजार अझै चलायमान हुन सकेको छैन । अझ आर्थिक मन्दीको प्रभाव परेपछि त झनै बजार थलिएको छ । चाडपर्व लक्षित गरेर बजार आउने उपभोक्ताले खासै खर्च नगर्ने गरिहाले पनि थोरैमात्र खर्च गर्न खोज्ने गरेको व्यापारीहरु बताउँछन् ।
तीजको किनमेलका लागि बजार पुगेकाहरु पनि बजार भाउदेखि निकै असन्तुष्ट रहेका छन् । बजारमा सबै सामानको भाउ उच्च भएको त्यसमा पनि तीज लक्षित सामाग्रीको भाउले आकास छोएको तारादेवी मैनाली बताउनुहुन्छ ।
आर्थिक मन्दीको असर सबै क्षेत्रमा परिरहेको बेलामा चाडबाड लक्षित व्यापारीको लगानी जोखिममा परेको छ । त्यस्तै, तीजको मौकामा किनमेल गर्ने उपचोक्ताहरु पनि महंगीको मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्