२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हमासको बन्धकमा अधिकांश इजरायली नागरिक


2.496k
Shares

काठमाडौं । यही असोज २० गते प्यालेस्टाइनी बिद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गर्दा दुवैतर्फ गरी झण्डै चार हजारको मृत्यु भएको छ भने हमासले १५० जनालाई बन्धक बनाई गाजापट्टी लगेको छ । बन्धक बनाइएकाहरुमा अधिकांश इजरायलीसहित अन्य विभिन्न देशका नागरिकहरु पनि रहेका छन् । उनीहरुको रिहाइका लागि इजरायल सरकारले चालेको कदम हालसम्म निरर्थक सावित भएको छ ।

इजरायलमाथि क्षेप्यास्त्रको वर्षा गरेलगत्तै सिमाबार भत्काएर इजरायल प्रवेश गरेका हमासका लडाकुहरुले घर घरमा प्रवेश गरी अन्धाधुन्ध आक्रमण गर्दै निहत्था मानिसलाई कब्जामा लिएका थिए । लडाकुहरुले महिला र बालबालिकालाई बन्दुक तेस्र्याउँदै अपहरण गर्दा पनि त्यसको प्रतिकार गर्ने अवस्था थिएन ।

बन्धक बनाइएकाहरुमा गम्भीर प्रकृतिका बिरामी समेत रहेकाले उनीहरुको स्वास्थ्य उपचार आवश्य भएको भन्दै वेपत्ता नागरिकहरुको मञ्चले अन्राष्ट्रिय समूदायको ध्यानाकर्षण समेत गराएको छ ।

हमासले बन्धक बनाएकाहरुमा अधिकांश इजरायली नागरिक रहेका छन् भने अमेरिकी, थाइ, रोमानिया लगाएत अन्य युरोपियन मुलुकका नागरिकहरु समेत रहेको बताइएको छ । जसमा महिला र बालबालिको संख्या अत्यधिक छ । हमासले भने बन्धकहरुको भिडियो सार्वजनिक गर्र्दै इजरायलले गाजापट्टीमा आक्रमणा गरिरहे बन्धक बनाएकाहरुको हत्या गर्ने चेतावनी दिएको छ ।

अपहरणमा परेका नागरिकका परिवारजनले अपहरणमा परेकाहरुलाई मुक्त गरेर मात्रै युद्ध छेड्न गरेको अपीललाई इजरायल सरकारले बेवास्ता गर्दा परिवारजन तनावमा परेका छन् । गाजापट्टीमा विजुली, पानी, इन्धन र खाद्यान्न समेत रोकेर इजरायली सेनाले आक्रमण झन् तीब्र र कठोर बनाएको हमासले बन्धक बनाएकाहरुलाई तत्काल रिहा गर्ला भन्ने आसा गर्न सकिंदैन ।