१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नो अब्जेक्सन लेटर’ लिन विद्यार्थीलाई सास्ती


3.042k
Shares

काठमाडौं । विदेशमा अध्ययनका लागि जान विद्यार्थीहरुले अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिनुपर्छ । अनुमतिपत्र लिनैका लागि ठूलो सास्ती व्यहोर्नु पर्ने गरेको छ । अध्ययन भिसाको प्रक्रिया सुरु गर्नका लागि अत्यावश्यक नो अब्जेक्सन लेटर लिन चाहने विद्यार्थीहरु कर्मचारीको व्यवहार र ढिलासुस्तीबाट दिक्क हुने गरेका छन् ।

वैैदेशिक अध्ययन अनुमति पत्र लिन हप्तौंदेखि धाउँदा पनि काम फत्ते नभएपछि सिन्धुपाल्चोकका साजन भण्डारी बताउनुहुन्छ । राहदानी लिन होस् वा राष्ट्रिय परिचय पत्र वा नो अब्जेक्सन लेटर लिन नै किन नहोस जताततै यस्तै सास्ती भोग्नु पर्न अवस्था छ । त्यसमाथि नो अब्जेक्सन लेटर लिन जाने विद्यार्थीहरुको हकमा दिनहुँ लाइन बस्नुपर्ने र कर्मचारीहरुले कुनै न कुनै खोट देखाउँदै फर्काउने कुनै नौलो होइन ।

कर्मचारीको रबैयाका कारण विद्यार्थीहरु हैरान हुने गरेका छन् । सानोठिमीस्थित शिक्षा मन्त्रालय अन्तर्गतको यो शाखामा कार्यरत कर्मचारीहरुको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीहरु कुन कक्षमा गएर आवश्यक कागजात लिने भन्नेमै अन्यौलमा पर्ने गर्दछन् । अनि जता जता लाईन छोटो छ त्यतै बस्न बाध्य हुन्छन् । घण्टौं लाइन बसेर जब उनीहरु सम्बन्धित ठाउँमा पुग्छन् त्यहाँ कुर्सी खाली देख्दा थप पीडा महशुस भएको विद्यार्थीहरु बताउछन् ।

नो अब्जेक्सन लेटरका लागि अनलाइन सिस्टम लागू गरिए बेला बेलामा बिग्रिरहने सिस्टमले दिने धोका आफ्नै ठाउँमा छ । हेटौंडामा रहेको डिजास्टर रिकभरी सिस्टममा सरकारी कार्यालयहरुको डाटा राख्ने गरिएको भए पनि समस्या भने उस्तै छ ।

देशको दिक्क लाग्दो अवस्थाले विदेशतिर लाग्न बाध्य भएको बताउने रोजी चौलागाईं सरकारी कार्यालयहरुको व्यवहारबाट झन् खिन्न हुनुहुन्छ । त्यसो त देशको बेथितीसँग परिचित अनुराग सापकोटाले भने आफ्नो पीडा मनमा दबाउन बाध्य देखिनुहुन्छ । कार्यालयमा उत्पन्न प्राविधिक त्रुटी र व्यवहार नियालीरहेका कपिलवस्तुका सन्दीप केवट बताउनुहुन्छ ।

नो अब्जेक्सन लेटर दिने कार्यालय भने विद्यार्थीको चापले भीडभाड हुने गरे पनि सहज रुपमा कागजात उपलब्ध गराउने गरेको वैदेशिक अध्ययन अनुमतिपत्र शाखा आईटी निर्देशक सुवास ढकाल बताउनुहुन्छ ।

कार्यालयले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म निर्धारण गरिए पनि विद्यार्थीहरु बिहानैदेखि लाइन लाग्ने गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा मात्रैै ४७ लाख विद्यार्थीले नो अब्जेक्शन लेटर लिइसकेका छन् । देशभित्र गुणस्तरी पढाई र रोजगारीको ग्यारेन्टी नहुँदा विद्यार्थीहरु दिनहुँ विदेशिन बाध्य छन् । तर विदेशतिर लाग्दै गर्दा उनीहरुले भोग्नुपर्ने सास्तीले कलिला विद्यार्थीहरुमा देशको प्रणालीप्रति झनै घृणा उत्पन्न गराउने गरेको छ ।