१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भिजिट भिसाको नाममा हुने ठगी बढ्यो


8.996k
Shares

काठमाडौं । मुलुकमा रोजगारीको वातावरण नदेखेका कारण वैदेशिक रोजगारीका लागि विदेश जाने बढ्दै गएको छ । युवा विदेशिने क्रमसँगै वैदेशिक रोजगारीको नाममा ठग्नेहरु पनि उत्तिकै सक्रिय छन्

चालु आर्थिक वर्ष २०८०/८१ को श्रावणदेखि कार्तिकसम्म ४ महिनामा ५१० वटा ठगिको उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । परेका उजुरी मध्ये ६३ वटामा मिलापत्र गराइ रकम फिर्ता भै सकेको छ । यसमध्ये २ सय ४३ वटा उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएका छन् । यसमध्ये प्रहरीले हालसम्म १२० जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ परेकामा ९९ सय जना पुरुष र २१ जना महिलासमेत रहेका छन् ।

यस्तै, यस अवधिमा २१३ वटा सिधै प्रहरीमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । उजुरी दर्ता भएकामध्ये ३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको र १८२ जना माथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसमा १९ करोड ४६ लाख रुपैयाँ बराबर बिगो कायम भएकोमा १ करोड ६४ लाख रुपैयाँ असुल भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा सीधासाधालाई ठग्ने क्रम बढेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंहले राठौर बताउनुभयो ।

भिजिट भिसाको नाममा पनि धेरै सर्वसाधारण ठ्गिएको बताउँदै रोजगारीको लागि विदेश जाने व्यक्ति स्वयं पनि सचेत हुन पर्ने प्रमुख राठौरको भनाइ छ । यस्तो ठगी रोक्नका लागि प्रहरीले सचेतना कार्यक्रम पनि गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

यस्ता ठगीबाट बच्न प्रभावकारी सरकारी पहलसँगै रोजगारीमा जाने युवाहरु आफैं पनि सचेत हुन आवश्यक देखिन्छ ।