
काठमाडौं । कूल ग्राहस्थ र रोजगारीको दृष्टिकोणले महत्वपूर्ण मानिएपनि सरकारले महत्व नदिएको कारण डेरी व्यवसाय संकटमा पर्दे गएको व्यवसायीको गुनासो छ । पर्याप्त मात्रामा दुध बिक्री नहुँदा यतिखेर मिल्क होलिडेको मारमा दुग्ध व्यवसायी परेका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा अष्ट्रेलिया, इण्डिया, डेनमार्क, जर्मनी, कुवेत, मलेसिया, साउदी अरेविया, हंगकंङ लगायत एक दर्जन भन्दा बढी देशबाट धुलो दुध तथा दुग्धजन्य पदार्थबाट बनेका सामाग्री नेपाल भित्रिने गरेका छन् । तर, दुधमा आत्मनिर्भर उन्मुख रहेको नेपालमा भने स्वदेशमै उत्पादित दुग्ध पदार्थबाट बनेका सामाग्री मिल्क पाउडर र वटर ठूलो परिमाणमा बिक्री नभएर स्टकमा रहने गरेका छन् । सम्पूर्ण पूँजी यसमा फसेको कारण किसानलाई भुक्तानी दिन र उद्योग सञ्चालन गर्न अप्ठ्यारो परेको व्यवसायी बताउँछन् ।
नेपालमा लागत महंगो भएकाले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले नेपाल सरकारले गम्भिरताका साथ सोच्नुपर्ने बेला आएको व्यवसायीले बताएका छन् । दुग्ध व्यवसायीले नेपालमा उत्पादित दुधजन्य पदार्थलाई निर्यात नीतिमा जोड दिनुपर्ने नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडिया बताउनुहुन्छ ।
नेपालमा व्याजदर महंगो र नेपालमा प्याकेजिंग नहुने भएकाले अन्य देशबाट ल्याउदा भन्सारदर ४० प्रतिशतसम्म हुने गर्दछ । निजीक्षेत्र बिना सरकार सञ्चालन नहुने भनिए पनि निजीक्षेत्रप्रतिको अविश्वास र इच्छाशत्ति नभएकाले डेरी व्यवसाय पछिल्लो समय कठिन अवस्थामा पुगेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउनुहुन्छ । ४५ अर्ब माथिको लगानी रहेको डेरी व्यवसायमा ८ अर्ब रकम बराबरको डेरी पदार्थ स्टक रहँदा समस्या परेको गुनासो व्यवसायीको छ ।
हाल नेपाल ८० प्रतिशत दुध तथा दुधजन्य पदार्थमा आत्मनिर्भर रहेको र दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने भएतापनि बजारमा ३१ लाख लिटर मात्र आउने र बाँकी दुरदराज तथा सडक बत्तिका कारणले बजारमा आउन नसकेको व्यवसायी बताउँछन् । यति हुँदाहुँर्दै पनि सरकारको निर्यात भन्दा आयातमुखि नीति हुँदा नेपाली किसान मर्कामा परेको व्यवसायीको भनाई छ ।
स्टक सामान हेरेर ऋण प्रवाह गर्न, किसानलाई दिन नसकेको भुक्तानी रकम तथा सेवा सुविधा दिनु पर्ने माग समेत व्यवसायीले गरेका छन् । नेपालमा लागत बढी, आर्थिक मन्दी, पशुमा देखिएको लम्कि स्किन रोग, बसाईसराई र विदेशीने क्रम बढ्दो भएका कारण अन्य देशमा भन्दा नेपालमा मूल्य बढी भएको व्यवसायीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्