२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्ष २०८० : जाजरकोट र पश्चिम रुकुमले व्यहोर्नुपर्‍यो भूकम्पको पीडा


572
Shares

काठमाडौं । वर्ष २०८० प्राकृतिक विपत्तीके दृष्टिले पनि निकै दुखद् रह्यो । यो वर्ष भूकम्पदेखि बाढी पहिरो, आगजनीलगायतको सामना गर्नुपर्दा मानविय तथा भौतिक क्षति व्यहोर्न बाध्य हुनुपर्यो ।

२०८० को असोज १६ गते बझाङमा ६.३ म्याग्नेच्यूडको भूकम्प जाँदा मानविय क्षति नभएतापनि भौतिक संरचनाहरु ध्वस्त भए । दिउँसोको समयमा गएको भूकम्पमा १३ जना घाइते भए । भूकम्पले थलारा गाउँपालिकका अधिकांश क्षेत्रका घरहरु भत्कंदा सयौंको बिचल्ली भयो । बिचल्लीमा परेकाहरुको अवस्था अझै पनि उस्तै छ ।
बझाङ भूकम्पको एक महिनामै कार्तिक १७ गते शुक्रबार मध्यराति, नागरिकहरु मस्त निद्रामा रहेको बेला भूकम्पले सिंगो देश हल्लायो । तर भूकम्पको सवैभन्दा बढी चोट जाजरकोट र पश्चिम रुकुमले व्यहोर्नुप¥यो ।

भूकम्पबाट जाजरकोटमा सवैभन्दा बढी जनधनको क्षति हुँदा पश्चिम रुकुममा पनि उसैगरी क्षति पुग्यो । ६.४ म्याग्नेच्युटको भुकम्पले जाजरकोट जिल्लामा मात्र १२८ जनाले ज्यान गुमाउँदा भौतिक संरचनाहरु तहसनहस भए । मध्यरातिको त्यो भुकम्पको घाउ अझै सेलाउन पाएकौ छैन । केन्द्रविन्दु जाजरकोटको बारकोटे गाउँपालिका हुँदा त्यहाँका कुनै पनि घर सग्लो रहेन । सो समयका भुकम्प पिडीतहरुको बिचल्ली हाल सम्म पनि साम्य भएको छैन । अस्थायी टहराहरुमा बास बस्न बाध्य उनीहरुको अवस्था हालसम्म पनि कहालीलाग्दो छ । सोही भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा एकै वडाका २७ जनाको मृत्यु भयो । सो नगरपलिका भत्केका केही संरचनाहरु पुननिर्माणको कार्य भइरहेता पनि जनजीवन सामान्य हुनका लागि बर्षौ लाग्ने पक्का छ ।

हावाहुरीसँगै सल्किएको डढेलोले पनि यो वर्ष निकै पिरोल्यो । वर्षको अन्ततिर डोल्पामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका तीन सैनिकले ज्यान गुमाए । डढेलो नियन्त्रण बाहिर जाँदा केही गाउँका घरहरु समेत जल्न पुगे । डढेलोकै कारण काठमाडौ शहर यति प्रदुषित बन्यो कि विश्वका प्रदुशित शहरहरुमा पहिलो पंक्तिमा पर्न गयो । यस वर्षको मनसुनजन्य विपदबाट सय भन्दा बढीको मृत्यु भयो ।

२०८० को मनसुन सुरू भएयता सयौ घर पूर्णरूपमा क्षतिग्रस्त बन्न पुग्यो । बाढी–पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुग्यो भने ताप्लेजुङमा पनि केहीको मृत्यु भयो । बाढी पहिरोल सिन्धुली, सिन्धुपाल्चोकको मेलम्ची, कैलाली, धनगढी लगाएत जिल्ला प्रभावित भए । वर्षेनी दोहोरिने यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसवाधानीका उपाय अवलम्बन गर्नुका साथै उद्दार, राहत र पुनस्र्थापनामा विशेष पहल हुन जरुरी देखिन्छ ।