
काठमाडौं । बढ्दो उमेरसँगै आउने परिवर्तन र महत्वकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने गरेका छन् । नेपालमा खुला सीमा भएकाले नाकाबाटै लागू औषध भित्रिने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
पारिवारिक, सामाजिक र अन्य कारणले लागू औषधको दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढ्दै गएको गइरहेको छ । पछिल्लो समय मुलुकभर लागू औषध ओसारपसारका घटनामा वृद्धि भएका छन् । खुला सीमाका कारण तराईका विभिन्न स्थानबाट लागू औषध नेपालमा भित्रने क्रम बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषधका घटनामा वृद्धि भएको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख दिनेश आचार्य बताउनुहुन्छ ।
आर्थिक वर्ष २०७९/०८० असार मसान्त सम्ममा ४१ सय मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०८०/०८१ बैसाख सम्ममा ३ हजार ५ सय १ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । हवाइमार्गबाट आउने लागुऔषध किन सजिलै एयर्पोर्टको चेकिङ्ग छलेर कारोबारीहरु बाहिर निस्कन सफल हुन्छन भन्ने बारेमा ब्युरोका प्रमुख दिनेश आचार्यले बताउनुभयो ।
लागुऔषध सेवनले व्यक्ति, घरपरिवार मात्र नभएर समाजलाई नै असर गर्ने भएकाले प्रहरीले बढ्दो दुव्यर्सनी तथा ओसारपसार कम गर्न सक्रिय भएर काम गरिरहेको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख आचार्य बताउनुहुन्छ ।
ब्यूरोले हालसम्म २ सय ४६ विदेशीसहित ५ हजार ३ सय ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्ने गरेको तथ्यांकले देखाएको छ । अधिकांस युवाहरु यस्तो कुलतमा फस्ने गरेको हुँदा अभिभावकहरुले आफ्नो सन्तान प्रती निगरानी बढाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्