२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कला पारखीका लागि नेपाल गन्तव्य स्थल


1.066k
Shares

काठमाडौं । परम्परागत कला संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि स्थापना भएको ललितपुरको बोधिसत्व आर्ट ग्यालरीमा केही समयदेखि परम्परागत पौभा तथा मूर्तिकला प्रदर्शनमा राखिएको छ ।

कला अनुरागी र पारखीहरुका लागि पनि नेपाल गन्तव्य स्थल हो । विश्वका हरेक कुनामा रहेका ग्यालरी र म्युजियममा नेपालका मौलिक कलाहरु रहेको पाइन्छ । विशेष गरि परम्परागत नेवार कलाले विश्वमा विशिष्ट स्थान राख्दछ । यस्ता मौलिक कला संस्कृतिको प्रवद्धन आर्ट ग्यालरी र म्युजियममले पनि गरिरहेका छन् । यस्ता स्थलहरु कलाकार र कला अनुरागीहरुको मिलनको थलो पनि बन्ने गरेको छ । यस्तै मध्येको एक हो, बोधिसत्व इन्टरनेशनल ।

कला संस्कृतिको प्रवद्र्धन गर्नका लागि चार दशक अघि स्थापना गर्न ललितपुर स्थापना गरिएको बोधिसत्व ग्यालरीमा मौलिक विभिन्न कलाको प्रदर्शन हुने गरेको छ । हाल यहाँ विभिन्न कलाकारहरुले बनाएको धन सम्पतिको देव जम्भलको परम्परागत पौभा र मूर्ति कला प्रदर्शनमा राखिएको छ । साथै विभिन्न वज्रयानी देवदवीका उत्कृष्ट पौभा र मूर्तिकलाहरु पनि राखिएको छ । कला सम्पदाको जर्गेनाबाट मात्र विश्वमा नेपालको पहिचान हुने र कलाको संरक्षण पनि हुने आर्ट हिस्टोरीयन सिद्धार्थ मान शाक्य बताउनुहुन्छ ।

आर्ट कलेक्टर अन्जना शाक्य विश्वमा नेपालको कलाको छुटै पहिचान र विशिष्टता रहेको बताउनुहुन्छ । प्रदर्शनीमा रहेका विभिन्न कलाले सबैको ध्यानाकृष्ट गर्न सकेपनि कलाकारीता क्षेत्र त्यति संन्तोषजनक भने छैन । आर्ट हिस्टोरीयन सिद्धार्थ मान कोभिडका कारण नेपालको कलाकार र कलाकारीता पनि विस्थापित हुने अवस्था आएको दावी गर्नु हुन्छ । अन्जना चाहीँ थुप्रै चुनौतिकाबीच कला संम्पदाको संरक्षण र सम्वद्धन लागेको बताउनुहुन्छ । नेपालमा परम्परागत कलाको सुनौलो अवसर हुदा हुदै पनि सोचे अनुरुप फड्को मार्न सकेको छैन् । कला पर्यटनलाई प्रवद्र्धन गर्न सके पर्यटन, कला र आर्थिक क्षेत्रलाई नै टेवा पुग्ने थियो कि ।