
काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भएकाले असार १५ गतेलाई दही चिउरा खाने दिनका रुपमा समेत मनाइन्छ । पहिलेको तुलनामा माग कम भएपनि आर्थिक हिसाबले यो दिन महत्वपूर्ण मानिन्छ । दुध खपत नभइरहेको अप्ठ्यारो परिस्थितिमा असार १५ ले दुग्ध व्यवसायीलाई राहत दिने गरेको छ ।
असार १५ गतेका दिन दही च्यूरा खाने प्रचलन नेपालीहरुमाझ लोकप्रिय रहेको छ । असार महिनालाई धान रोपाइको महिनाको रुपम लिइन्छ । असार १५ मा दही चिउरा खायो भने स्वास्थ्यलाई लाभ गर्ने विश्वास गरिन्छ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेविन, भिटामिन बी जस्ता पोषक तत्वका कारण स्वास्थ्यका दृष्टिले निकैनै फाइदाजनक रहेको बताइन्छ । आर्थिक हिसाबल पनि यो दिन महत्वपूर्ण मानिन्छ । यो दिन देशैभरी करिब ८० लाख लिटर दही खपत हुने र एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिनुभयो ।
स्वदेशमा उत्पादन हुने दही, दूध स्वदेशमा नै खपत भइरहेको छ । दही र दूधमा भने परनिर्भर हुन परेको छैन् । अन्य दिनमा भन्दा चाडपर्वको बेला खपत निकै हुँदा व्यवसायी पनि दंग छन् ।
यसपाली दुध किसानको भुक्तानी हुन नसक्दा किसानहरु लगातार आन्दोलनमा छन् । नेपालमा डेरी इतिहासको ७० वर्षमा पहिलो चोटी यस्तो अप्ठ्यारो परिस्थितिमा आएको एसोसिएसनका अध्यक्ष दाहालले बताउनुभयो ।
नेपालमा ८० प्रतिशतले दुधमा आत्मानिर्भर रहेको छ भने २० प्रतिशत अझैपनि आत्मानिर्भर हुन बाँकी छ । नीजि क्षेत्रबाट दुग्ध क्षेत्रमा ४५ अर्ब लगानी भएको छ । छुर्पि बनाएर तीन अर्ब बराबरको निर्यात गरिएको पनि एसोसिएनसनले जनाएको छ दुग्ध क्षेत्रमा ६ लाख कृषकले प्रत्यक्ष रोजगारी पाएका छन् भने उद्योग क्षेत्रमा लगभग ५० हजारले रोजगार पाएकाछन् । कृषि क्षेत्रको विकास विना देश समृद्ध नहुने भएकाले अब दुग्ध क्षेत्रलाई पनि आधुनकितामा लैजाने र अन्र्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न भने आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्