१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिमा फेरि नयाँ मोड, अर्थतन्त्र सुध्रिने आशा


40.859k
Shares

काठमाडौं । संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेपाली राजनीतिले फेरि नयाँ मोड लिएको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने गरि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ । ठूला दलमा सहमतिले राजनीतिक स्थिरता मिल्ने र यसबाट केही हदसम्म देशको अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ ।

मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला मूलुकमा प्रमुख दुई ठूला राजनीतिक दलको सहकार्यलाई शेयर बजारले स्वागत गरेको छ । ठूला दल मिलेसँगै राजनीतिक स्थिरता आउने अनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आशाले लगानीकर्ता उत्साही देखिएका हुन ।

अर्थतन्त्र बलियो बनाउनका लागि पदमा को बसेको छ भन्दा पनि विशेषगरि बलियो कर्मचारीतन्त्र र नीतिगत स्थायित्व आवश्यक पर्छ । कर प्रणाली, मौद्रिक नीति, सरकारको लगानी लगायत व्यापार सम्बन्धी नीतिमा अन्यौल देखिएपनि अब दुई ठूला पार्टी मिलिसकेपछि राजनीतिक स्थायित्व आउने विश्वास गरिएको छ । राजनीतिक स्थिरता लगानीको पूर्वशर्त नै भएको पूर्वअर्थमन्त्री युवराज खतिवडा बताउनुहुन्छ ।

कतिपय सरकारका आर्थिक नीतिका कारण समस्या उत्पन्न भएको र यसलाई नयाँ सरकारले सुधार गर्नुपर्न उहाँको भनाइ छ ।

सरकारले हाल निर्माण व्यवसायीको भुक्तानी, क्रसर व्यवसायको समस्या, दुग्ध किसानको भुक्तानीलगायतका समस्या तत्काल हल गनुपर्ने देखिन्छ ।