
काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्ध विराम भएको छ । सन् २०२३ को अक्टोबर ७ देखि सुरु भएको युद्धले १५ महिनापछि विश्राम लिएको हो । युद्धबाट गाजामा मात्रै करिब ४७ हजारको ज्यान गएको छ भने हज्जारौं घाइते भएका छन् विस्थापित र घरबार विहिन हुनेहरको कुनै लेखाजोखा नै छैन । हमासको कब्जामा परेका कैयौंले पनि अनाहकमा ज्यान गुमाउनु प¥यो । मावनतालाई नै चुनौति दिने युद्धमा विश्राम लाग्दा युद्धमा प्रत्यक्ष संलग्न पक्षहरु मात्रै होइन, सारा विश्व नै खुशी भएको छ ।
विगत १५ महिनादेखि हमासको कब्जामा रहेका तीन युवति परिवारसंगको पुर्नमिलनका क्रममा देखिएको दृश्य हो यो । सन् २०२३ अक्टोबर ७ का दिन जब हमासले इजरायलमाथि आक्रमण गर्यो तव हमासले उनीहरुलाई साथमा लगे र अन्ततः युद्धविरामको पहिलो चरणमा कब्जा मुक्त हुने भाग्यमानी बने । अझै पनि हमासको कब्जामा रहेका आफना परिवारका सदस्य छुट्ने आशामा रहेका परिवारजन पनि भावबिह्वल बने । प्यालेष्टाइनी बिद्रोही हमासले जव इजरायलमाथि गत बर्षको अक्टोबर ७ मा स्थलगत र क्षेप्यास्त्र आक्रमण थाल्यो त्यतिबेला इजरायल सशंकित मात्र बनेन त्यहाँ रहेका सयौं मानिसको मृत्यु हुनुका साथै २ सय ५० बढीलाई हमासले बन्धक बनायो । सोही आक्रमणको बदला स्वरुप इजरायलले हमास विरुद्ध सम्पुर्ण सैन्य संयन्त्र परिचालन गर्दै युद्ध शुरु गर्यो ।
१५ महिना भन्दा बढी चलेको मृत्यु ४७ हजार प्यालेस्टिनीको ज्यान गयो । जसमा महिला र बालबालिकाको संख्या अत्यधिक रह्यो । बिश्वका कयौं राष्ट्रहरुले थालेको युद्धबिरामको पहल इजरायलले अस्वीकार गर्दा युद्ध अझै लम्बिईरह्यो । अन्ततः कतार र अमेरिकाको पहलमा यी दुइ पक्षबीच युद्धविरामको सहमती बन्यो । यही जनवरी १९ बाट लागु हुने गरी भएको यद्धविरामको खुशियाली इजरायल देखि गाजासम्म यसरी छायो । यो भन्दा पनि खुशी हमासको कब्जामा रहेका बन्धकका परिवारमा छायो ।
हमासको कब्जामा रहेदेखि उनीहरुको अवस्थाबारे अनिभिज्ञ परिवारमा युद्धबिरामले ठूलो आसा जगाएको छ । युद्धविरामबाट इजरायलका बिभिन्न कारागारमा रहेका प्यालेस्टनीहरुमा खुशी छाएको छ । सम्झौता अनुसार इजरायली जेलमा रेका प्यालेप्टेनीहरु पनि रिहा हुदै जानेछन् । अरब राष्ट्रहरुका बीचमा सन् १९४८ मा खडा भएको इजरायल र हमासबीच भएको यो पहिलो युद्ध पनि होइन र पहिलो युद्ध विराम पनि होइन । यसअघि पनि पटक पटक यी दुई पक्ष भिड्ने र सम्झौता गर्ने गर्दै आएका छन् । तर फरक यत्ति हो कि पछिल्लो युद्धमा इजरायलले आफूलाई निकै शक्तिशाली सैन्य क्षमताले युक्त देश भएको पुष्टि गर्यो ।
युद्ध विरामले विश्वभर खुशी ल्याए पनि युद्धबाट काख रित्तो भएका बाबुआमा होउन वा टुहुरो बनेका सन्तान वा युद्धका घाइतेहरु होऊन वा युद्धबाट घरबास गुमाएहरु, उनीहरुका लागि भने युद्धको घाउ आजीवन मेटिने छैन ।
प्रतिक्रिया दिनुहोस्