१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सृष्टीकर्ता ब्रम्हाको दुर्लभ प्राचिन मूर्ति


1.846k
Shares

काठमाडौं । सृष्टीकर्ता ब्रम्हाको पूजा गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । त्यसैले ब्रम्हाको मूर्ति पनि कम नै रहेको छ । तर प्राचिन ब्रम्हाको विभिन्न मूखे दुर्लभ मूर्तिहरु र मन्दिर भने पाशुपत क्षेत्र लगायत नेपाल मण्डलको विभिन्न स्थानमा रहेका छन् ।

सृष्टीकर्ता ब्रम्हाको पूजा गर्नु हुँदैन मान्यताका कारण ब्रम्हाको मूर्ति र मन्दिर कम पाइन्छ । तर पनि पाइएका ब्रम्हाका मूर्तिहरु मध्ये प्राचिन ब्रम्हाको मूर्ति नेपाल मण्डलमा पाइएका छन् । लिच्छवीकालिन तीन मुखे ब्रम्हाका मूर्तिहरु सहित पाशुपत क्षेत्रमा तीन स्थानमा पाइन्छ । यस मध्ये हाल चारमुखे ब्रम्हाका मूर्ति महानगरीय प्रहरी वृत गौशालामा भित्र रहेको छ ।

४२ वर्ष अघि जयवागेश्रस्थित ब्रम्हाको मन्दिरबाट चोरी भएको यो मूर्ति बालाजु पुलमुनी फेला परेपछि त्यसै समय देखि प्रहरी चौकी भित्र रहेको छ । समाजसेवी नरोत्तम वैद्य विश्वमा नै पाईएको ब्रम्हा मूर्तिहरु मध्ये यो मूर्ति पुरानो भएको दावी गर्नेु हुन्छ । लिच्छवीकालिन ब्रम्हाको मूर्ति ललितपुरको चापागाउँमा रहेको उहाँको भनाई छ ।

यो मूर्ति रहेको वास्तविक मन्दिरको पुन निमार्ण शुरु भइसकेको छ । काठमाडौं महानगर वडा नं ८ जयवागेश्रीमा रहेको ब्रम्हा मन्दिरको अनुपम विशेषता रहेको छ । विरलै मात्र पाइने मन्दिरको जगनै नौं वटा जलकुण्डमा बनेको छ । विगतमा यही मन्दिरमा सुत्केरीको बेथा कम गर्न समेत ब्रम्हाको मूर्तिमा तेल लगाउने प्रचलन समेत रहेको थियो । हाल पुरातत्व विभागको स्वीकृतिमा काठमाडौं महानगरपालिकाले ब्रम्हा मन्दिर पून निर्माण गरिरहेको हो । पुनः निर्माणकार्य सकारात्मक भएको भन्दै बैद्यले नौं वटा जलकुण्डको विषयमा थप अध्ययन हुनसके राम्रो हुने बताउनुहुन्छ ।

अनुपम प्राचिन ब्रम्हाको मूर्ति नेपालको मौलिक पहिचान पनि हो । तसर्थ, यस्तो प्राचिन मूर्तिहरुको संरक्षण गरेर विगतका सत्यतथ्य बाहिर ल्याउन सके हाल विभिन्न कोणबाट भइरहेको साँस्कृतिक धार्मिक अतिक्रणलाई पनि रोक्न सकिन्छ ।