२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रदेशहरुबाट क्यूआरकोर्डसहितको लाइसेन्स छपाई हुने


6.513k
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरुको संख्या दिन प्रतिदिन बढदै जाँदा लाइसेन्स वितरण गर्नुपर्ने सख्यामा वृद्धि हुँदै करिब २८ लाखको सख्यामा पुगिसकेको छ । छपाई गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले अहिले आएर यो काम गलपासो नै बन्न पुगेको महशुस गर्न थालेको छ ।

अब सबै नयाँ लाइसन्सहरू प्रदेशबाट क्यूआरकोडसहितको कार्डमा छपाई हुने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नियमावली संशोधन गरेर चिप्सको स्थानमा क्युआर कोड राखेर सवारी लाइसेन्स बितरण गर्ने गरि केही तयारीहरू भइरहेको विभागले जनाएको छ । यसको प्रिन्टर सस्तो पर्ने र विवरण गर्न समेत सहज हुने हुँदा अब सोही अनुसार प्रदेशहरूले छाप्न सक्ने निर्णय भएको महानिर्देशक पोखरेल बताउनुभयो ।

महानिर्देशक पोखरेलले पुरानै २८ लाख छाप्नु पर्दाको अवस्थामा अहिले मेसिनले नभ्याउँदैन हुनाले त्यसको विकल्प खोज्नुपर्ने बताउनुहुन्छ । नीति तथा पापदण्ड बनाउने अधिकार सघको भएको र यातायात विभाग अन्तर्गतका सबै कार्यालय प्रदेश सरकालाई हतान्तरण भएपछि सवारी लाइसेन्स छपाईदेखि वितरण नविकरण गर्ने सम्पुर्ण जिम्मा प्रदेश स्थित यातायात व्यवस्था कार्यालयको रहेको बिभागका प्रमुख पोखरेल बताउनुहुन्छ ।

नेपालका ४५ वटा यातायात कार्यालयबाट दैनिक करिब छ हजारको हाराहारीमा नयाँ सवारीचालक अनुमतिपत्र जारी हुने गरेको छ । प्रत्येक दिन थपिने नयाँ र पुराना गरेर लाखौँ लाइसन्स वितरण हुन नसकिरहेको अवस्थामा विदेश जानेहरूलाई बाहेक अरूका लागि स्मार्ट लाइसन्स छाप्न बन्द गरेको विभागले प्रदेशहरूलाई त्यससम्बन्धी अख्तियारी दिने काम अघि बढाएको हो ।

हाल बागमती प्रदेशले खरिद गर्न गइरहेको क्यूआर कोड पढ्ने उपकरणले नागरिक एपबाहेक राष्ट्रिय परिचयपत्र नम्बर वा त्यसको क्यूआर, सवारीचालक अनुमतिपत्र नम्बरका आधारमा त्यसको आधिकारिकता जाँच्न सक्छ । त्यस्तै, क्षमता देशव्यापी गराउनेबारे समेत आफूहरू छलफल गरिरहेको विभागले जनाएको छ ।