सडक निर्माणमा गुणस्तरीय बालुवा प्रयोग भएन

सडक निर्माण गर्दा गुणस्तरीय बालुवा प्रयोग नभएको पाइएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्ड सडक निर्माणका क्रममा कमलानदीको गुणस्तरीय बालुवाको खपत नहुँदा सडक निर्माणको काम फितलो देखिएको छ ।

११ किलो चरेससहित तीनजना समातिए

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचारकाण्डमा मुद्दा खेपेका यी ‘हाइप्रोफाइल’हरु

भ्रष्टाचार ठहर भइ सजाय भोग्नेमा पूर्वमन्त्रीहरु स्व. खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ता छन् ।

अख्तियारको निर्णयमा भट्टराईले उठाए प्रश्न, दोषीलाई छाडेर निर्दोषलाई फसाउन खोजिएको त होइन ?

उनले आफू कालकूट विष पिउन पनि तयार रहेका भन्दै जानीजानी दुष्कर्म गर्नेलाई सत्ताको छहारी दिन खोजिएको त होइन भन्ने प्रश्न पनि गरेका छन् ।

झापामा परालको कुन्यूमा जलाएर भारतीयको हत्या

परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

भ्रष्टाचारको आराेपमा मुद्दा दर्तासँगै गच्छदारकाे गयाे पद, सांसदबाट स्वत: निलम्बित

अब याे मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् भने अख्तियारको दाबी अदालतबाट सही ठहरिए गच्छदारको राजनीतिक जीवन पनि सकिनेछ ।

जग्गाफिर्ता गर्ने भनेपछि बिष्णु पाैडेलका छाेरा र न्यायाधीश रेग्मीलाई लागेन मुद्दा

बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिन राजि भएपछि उनीहरूलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने निर्णय अख्तियारले गरेको हाे ।

बालुवाटार जग्गा प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा, गच्छदार र बस्न्यात पनि परे

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चारजना पूर्वमन्त्री र दुईजना पूर्वसचिवसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चार किलो ६०० ग्राम चरेससहित एकजना प्रक्राउ

बझाङमा अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् ।

वडाध्यक्ष धामीकोे हत्यारालाई कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष पदमबहादुर धामीकोे हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ ।