२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कांग्रेस नैतिकवानहरुको पार्टीः नेता पौडेल


0
Shares

सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको दाी गरेका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियानमा नेता पौडेलले अहिलेसम्म भ्रष्टाचारका सबै काम कम्युनिष्टहरु सरकार भएको बेलामा भएको तर्क गरे ।

कांग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै उनले अरु पार्टी छोडेर कांग्रेसमा लाग्न उनको आग्रह थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेको पनि बताए । कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एक महिने जागरण अभियान चलाइएको जानकारी उनले दिए ।

कांग्रेस नेता महेश आचार्यले नेपाली कांग्रेस बलियो नहँुदा लोकतन्त्र कमजोर हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।