
दाङ, जेठ १ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यममा भाइरस पसेकोले उपचारका लागि ’मिडिया काउन्सिल विधेयक’ ल्याइएको बताएका छन् ।
दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिमको स्थापना दिवसको कार्यक्रममा उनले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई सरकार र सञ्चार माध्यमबीचको समन्वयमा टुंगोमा पुर्याउनुपर्ने धारणा राखे ।
उनले मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको र मिडियामा भाइरस पसेकाले त्यसको उपचारका लागि मिडिया काउन्सिल विधेयक ल्याइएको बताए ।
मिडियामा छिर्ने भाइरस रोक्न कानुन ल्याउन खोजेको उनको तर्क थियो । ‘राज्य मिडियासँग टक्कर गरेर अघि बढ्नै सक्दैन र स्वतन्त्र मिडियाबिना लोकतन्त्र बलियो हुन सक्दैन’ उनले भने । मुख्यमन्त्री पोखरेल पूर्व सञ्चार मन्त्री पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्