३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


नेकपा दाङले टुंग्यायो एकता प्रकिया


52
Shares

दाङ, जेठ १ । केन्द्रमा पार्टी एकता भएको झण्डै एक वर्षपछि नेकपा दाङले पनि एकता प्रकियालाइ टुङ्गाएको छ ।

५ नम्वर प्रदेशका १२ जिल्ला मध्ये दाङमा पहिलो पटक पार्टी एकता प्रकिया टुङ्गाइएको हो । यसअघि नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको पूर्ण बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय गरेको थियो ।

प्रदेश–५ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश–५ का इञ्चार्ज शंकर पोखरेलले नेकपा दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई सपथ दिलाए ।

नेकपा दाङका १५५ सदस्यलाई मुख्यमन्त्रीले सपथ दिलाएका हुन् । उनले पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ७० गरी १५५ सदस्यलाई सपथ दिलाएका हुन् ।

सपथ कार्यक्रममा नेता पोखरेलले पार्टी एकता लामो समयसम्म सरकार चलाउने उद्देश्यका लागि मात्रै नभएको भन्दै समाजलाई बदल्न भएको बताए ।