
काठमाडौं, असार ९ । नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपाली बोकेर काठमाडौं आउँदैछ ।
स्थानीय समय अनुसार साढे ३ बजे यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंतर्फ लागेको बताइएको छ । विमान छोराछोरी भेट्न अष्ट्रेलिया पुगेर रोकिएकाहरु र केही पर्यटक रहेको बताइएको छ ।
न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीलाई सोही विमानबाट पठाइएको छ । नेपाल फर्किन १३ सय जनाले फाराम भरेकामा पहिलो चरणमा २५९ जनाले मौका पाएका हुन् । प्रतियात्रु २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ । चर्को भाडा लिएकामा भने सरकारको आलोचना भएको छ ।
नेपालबाट भने २९ अष्ट्रेलियन नागरिक र अष्ट्रेलियन स्थायी बासिन्दालाई बोकेर उक्त विकान सिड्नी ओर्लेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले सञ्चारमाध्यलाई जानकारी दिएका छन् ।
अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान भने २७ जुनमा मेलबर्नबाट हुने नेपाल एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्