३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई


0
Shares

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हालैसम्पन्न लोकसभा निर्वाचनमा विजय प्राप्त गरेको भन्दै बधाई दिएका छन् ।

मतदानको पूर्ण परिणाम नै नआई प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् । अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै ओलीले बधाई सन्देश दिएका हुन् ।

उनले अब पनि मोदीसंँग निकट रही काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसैगरी सत्तारुढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि मोदीलाई जीतका लागि बधाई तथा शुभकामना दिएका छन् ।