
चितवन, जेठ १२ । चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाइनमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
आफ्नै घरमा सुतिरहेका ४९ वर्षीय कुमारसिंह श्रेष्ठ शंकास्पद रुपमा मृत अवस्थामा भेटिएका हुन् ।
उनले लगाएको सुनको सिक्री र औंठी भने नभेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मृतकको शरीरमा कुनै पनि चोट लागेको नदेखिए पनि ओछ्याउनमा इँटा भेटिएकाले घटनाबारे छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्