३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सगरमाथामा मृत्यु हुने दश पुगे


0
Shares

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बेलायती नागरिक ४४ वर्षीय रोबिन ह्यानेस फिसरको मृत्यु भएको हो ।

शनिवार उनको मृत्यु भएसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ । चुचुरोमा पुगेर फर्कने क्रममा उनी आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोश भएको बताइएको छ ।

१५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोशिश गरिएपनि उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार एक्स्पिडिसनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो । यसपटक ३८१ आरोहीले सगरमाथा आरोहणको लागि स्वीकृति लिएका थिए । 

केही दिनअघि मात्रै सगरमाथाको चुचुरोमा पुग्न आरोहीहरू लाइनमा बसेको फोटो समाचार संस्था एफपीले सार्वजनिक गरेको थियो ।

योसँगै सगरमाथामा बढेको ‘ट्राफिक जाम’ बारेमा सर्वत्र चर्चा र बहश भएको थियो ।