
एजेन्सी, असार १७ । ईरानको राजधानी तेहरानको एक क्लीनिकमा विष्फोट हुँदा १३ जना व्यक्ति मारिएका छन् ।
घटनामा १३ जनाको मृत्यु हुनुका साथै अरु थुप्रैं मानिस घाइते भएको अधिकारीहरुले जनाएका छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

विष्फोट ग्यास चुहिएका कारण भएको एक अधिकारीले इरानी सरकारी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
आगो नियन्त्रणमा लिन दमकलकर्मी र सुरक्षाकर्मीलाई निकै कठिन भएको जनाइएको छ । मारिनेमा धेरै महिला छन् ।
प्रतिक्रिया दिनुहोस्