३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


विद्रोही नेकपालाई हिंसा र सरकारलाई निषेधको राजनीति त्याग्न कांग्रेसको आग्रह


0
Shares

काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसले विद्रोही नेकपालाई हिंसाको राजनीति र सरकारलाई निषेधको राजनीति त्याग्न आह्वान गरेेेकाे छ ।

उसले तत्काल समाधानको बाटो खोज्न अपिल पनि गरेको छ।

राजधानीमा लगातार भएका विस्फोटपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकाली  विद्रोही नेकपा र सरकारलाई उक्त अपिल गरेका हुन्।

प्रवक्ता शर्माले भनेका छन्, ‘नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ ने क पा र नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दछ।’

कांग्रेसले घटनामा परी ज्यान गुमाएकालाई चिर शान्तिको कामना गर्दै घाइतेहरुको उपचारका लागि सरकारलाई आग्रह गरेको छ।