२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


तमासा अति भयो, काम गर्ने सरकार चाहियोः गगन थापा


0
Shares

gagan thapa corona kp oli primeminister health emergency

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहप्रति अरु दलका नेताहरु पनि दिक्क देखिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गर्दै जनता भने कोरोनादेखि सलहसम्मको कहर ब्यहोर्न बाध्य भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरु प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप उत्रिरहेका बेला कांग्रेस नेता थापाले तमासा नदेखाउनु भन्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘तर, अहिले न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

कुरा सुन्ने र काम गर्ने सरकार दिन नेकपा नेताहरुलाई आग्रह गर्दै थापा लेख्नुहुन्छ, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’