३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बुधबार पनि शेयरमा लाग्यो छलाङ, ७५ अंकले बढ्यो बजार, सर्किट ब्रेकपछि कारोबार बन्द


0
Shares

काठमाडौं, असार १७ । कारोबार खुलेको डेढ घण्टा नपुग्दै शेयर बजार ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्दा कारोबार बन्द गरिएको छ । बुधबार पनि शेयर बजारमा छलाङ हान्दै ७५ अंकले बढेको हो ।

११ बजे खुलेदेखि नै उकालो लागेको बजारमा खरिद गर्नेहरुको चाप ह्वात्तै बढेको थियो । साढे १२ नहुँदै बजार ६ प्रतिशतले बढ्दा सर्किट लगाएर कारोबार बन्द गर्नुपरेको हो ।

६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने भएकाले बुधबारका लागि बजार नै बन्द गरिएको हो ।

मंगलबार पनि ६ प्रतिशतले नै बजार बढ्दा सर्किट लागि कारोबार बन्द गरिएको थियो । ७५ अंकले बढेसँगै नेप्से १३ सय ३६ अंकमा पुगेको छ ।

४० करोड रुपैयाँको कारोबार हुँदा होटलबाहेकका सबै उपसमूह बढेका छन् । होटल समूह ५ अंकले घट्दा बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन् ।