१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो


0
Shares

काठमाडौं, असार १७ । बुधबार थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।


जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुष रहेका छन् ।

संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् ।

आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।