१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिममा थपिए २४१ जना कोरोना संक्रमित


0
Shares

कैलाली, असार १७ । सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या फेरी बढ्न थालेको छ ।

बुधबार मात्र प्रदेशमा २४१ जनामा कोरोना संक्रमिण फेला परेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा शुदुर पश्चिममा आज दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय बढी पुगेको छ भने ७ जनाको मृत्यु भएको छ ।