
दाङ, असार १७ । मंगलबारदेखि दाङमा प्रवेश गरेको सलहले बालीनालीमा क्षति पुर्याउन थालेको छ ।
तुलसीपुर, घोराही, लमही, बंगलाचुली, शान्तिनगर लगायतका क्षेत्रमा सलहले बालीमा क्षति पुर्याएको हो ।
दाङका १० वटै स्थानिय तहमा सलह देखापरेको जिल्ला कृषी प्रसार अधिकृत भरतमणि पोखरेले जानकारी दिनुभएको छ ।
जिल्लाका केही ठाउँमा २५ प्रतिशत मकै बालीमा किराले क्षति पुर्याएको केहीमा मंगलबारदेखि क्षति गर्न लागेको समेत उहाँले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्