१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको परीक्षण बढाउन माग गर्ने अनशनकारीलाई भेट्न अस्पतालनै पुगे प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका युवालाई अस्पताल पुगेरै भेट्नु भएको छ ।

अनशनकारी ईलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुग्नुभएको हो । पाटन दरबार स्वायरमा एक सातादेखि अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार उपचारका लागि हृयाम्स अस्पताल लगिएको थियो ।

करिब १५ मिनेट अस्पतालमा बस्नुभएका प्रधानमन्त्री ओलीले अनशन तोड्न र वार्तामा बस्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले टोली बनाएर भोलि नै संवादमा आउन आग्रह गर्नुभएको हो ।

कोभिड १९ नियन्त्रणमा सरकारले अरु मुलुकले भन्दा राम्रो काम गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले थप झकझक्याउने काम गरेको बताउनुभएको थियो ।

कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै शुरु भएको ‘इनफ इज इनफ’ अभियान देशव्यापी भएको थियो ।

स्वस्फूर्त प्रदर्शनमा उत्रिएका युवाहरुमाथि सरकारले निर्मम दमन गर्दा निकै युवा घाइतेसमेत भएका थिए ।