८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भजनीमा जीपको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

भजनी, असार १९ । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भजनी – ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।

जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस