२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सत्ताधारी दलका कारण संसद बैठक स्थगित हुँदा महत्वपुर्ण विधेयक अलपत्र : पौडेल


0
Shares

तनहुँ, असार १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताधारी दलका कारणले चल्दाचल्दैको संसद बैठक अकस्मात स्थगित हुँदा महत्वपुर्ण विधेयकमाथि छलफल हुन नपाएको बताउनुभएको छ ।

शुक्रबार तनहुँका आईसोलेशन केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गर्दे उहाँले विधेयकको विषयमा संसदमा लगेर छलफल गर्नुपर्नेमा संसद बैठक नै स्थगित गर्नु दुःखद भएको बताउनुभयो ।

नेता पौडेलले कोभिड १९ संग जुध्न अग्रमोर्चामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।