१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै पत्रकारहरु आन्दोलनमा


0
Shares

काठमाडौं, असार १९ । लकडाउनको कारण देखाएर सञ्चार गृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने लगायतका काम गरेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार बबरमहलमा पत्रकार र कर्मचारीहरु सडकमा आएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले संचालकहरुले गल्ती नसच्याएसम्म आन्दोलन जारी राख्ने दृढता व्यक्त गरेका छन् ।

पत्रकार, मजदुर र कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने काम तत्काल सच्चाउन माग गरिएको छ ।