१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पार्टी विभाजन विरुद्ध नेकपाका नेता धर्नामा


0
Shares

काठमाडौं, असार १९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पार्टी विभाजन गर्न नपाइने भन्दै पार्टी मुख्यालयमा धर्ना दिएका छन् ।

नेकपाभित्र विकसित घटना क्रमले पार्टी विभाजनको संघारमा पुगेको सन्देश दिएकाले पार्टी एकता जोगाउन धर्नामा बस्नुपरेको नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताउनुभयो ।

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा धर्नामा बसेकाहरुले एक पक्षीय कार्यशैलीले कार्यकर्तालाई निराश बनाएको भन्दै जनमत र जिम्मेवारी विपरीत नेतृत्व व्यक्तिवादी भएर अघि बढेको गुनासो पनि गरेका छन् ।

शनिबारदेखि देशभरका पार्टी कार्यालयमा रिले अनसन बस्ने तयारी भइहेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताउनुभयो ।

स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि नेकपाको एकतामा दरार आएको छ ।

स्थायी समिति वैठक शनिबार ११ बजेका लागि बोलाइएको छ ।