
कैलाली, असार १९ । बझाङमा कोरोना पुष्टि भएपछि १८ बर्षिय युवकले आत्महत्या गरेका छन् ।
बझाङको खप्तड छान्ना गाउँपालिका ७ स्थित लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले आत्महत्या गरेका हुन् ।
कोरोना पोजिटिभ देखिएका युवक क्वारेन्टिन भन्दा करिब ५ सय मिटर टाढा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभएको छ ।
मृतक जेठ १९ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टिनमा रहेका २५ जनाको कोरोना चेकजाँच गर्दा उनको मात्रै रिपोट पोजेटिभ देखीएको थियो ।
प्रतिक्रिया दिनुहोस्