
कञ्चनपुर, असार २१ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरुले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
स्थानीय सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै उनीहरुले भीमदत्त नगरपालिकाको मुल गेटमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य परिक्षण लगायतका काममा पालिकाहरुलले बढी जिम्मेवारी हुनुपर्ने भएपनि स्थानीय सरकार संवेदनशिल नभएको आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।
उनीहरुले आरडिटी परीक्षण विश्वश्नीय नभएको बताउँदै सरकारले अहिले आरडिटी परीक्षण गरेर क्वारेन्टिनमा बसेकालाई घर पठाइरहेकाले तत्काल त्यसलाई रोकेर पिसीआर जाँच गनुपर्ने माग राखेका छन् ।
प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका युवाहरुले क्वारेन्टिनमा महिला बलात्कृत हुनु, कोरोनाबाट मर्नेको संख्यामध्ये अधिकांशको क्वारेन्टिनमा बस्नेहरु मात्र हुनुु र मरेपछि मात्रै पिसिआर परीक्षण गरिनु दुर्भाग्य भएको भन्दै उनीहरुले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्