१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ


0
Shares

बाग्लुङ, असार २१ । बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको थियो ।

उनि केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गा स्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

लामो समयदेखि भारतमा बस्दै आएका विक किड्नी सम्बन्धी रोगबाट ग्रस्त थिए ।