
काठमाडौं । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ ।
अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो भने अर्को हमला सैनिक मुख्यालयलाई लक्षित गरी गरार्ईएको हो । यद्दपी रकेट सो मुख्यालय संगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएका छन् ।
इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ । सो हमला इरा समर्थित समूहलाई जिम्मेवार ठहराएको छ ।
यसैबीच इराकी सुरक्षाबलले राजधानी बग्दादको दक्षिणी क्षेत्रमा छापा मारी एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुहरुलाई नियन्त्रणमा लिएको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्