७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गण्डकी र कैलालीमा थपिए २५ जना संक्रमित


0
Shares

(पोखरा र कैलाली) असार २२ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा लमजुङका ११ जना, बाग्लुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण भएको हो ।

योसँगै प्रदेशभर संक्रमितको संख्या १ हजार १ सय १३ जना पुगेको छ ।

कैलालीमा पनि थप ८ जनाको कारोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३ महिला र पाँच पुरुषसहित ८ जनामा संक्रमण देखिएको हो ।