बुटवल, असार २२ । प्रदेश ५ प्रहरीले साढे २२ सय केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पूर्वका ३५ वर्षीय रतिभान दमाई र गुल्मीका २९ वर्षीय मेघराज गिरी रहेका छन् ।
प्रहरी उनीहरुलाई बुटवल उपमहानगरपालिका हरियाटोलस्थित एक घरमाबाट चरेस पक्राउ गरेको हो ।
बाँकेमा पनि बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।
प्रहरीले राप्ती सोनारी गाउँपालिका–१ सिमलघारीका ४६ वर्षीय नवराज घर्ती मगरलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
प्रहरीले मकैबारीमा लुकाइ राखेको अवस्थामा टाटेपाटे बाघको छाला र हड्डीसहित बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्