७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काठमाडौं उपत्यकामा एकै दिन थपिए ५४ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा एकै दिन ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

सोमबार १८० जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो छ ।

मन्त्रालयका अनुसार सोमबार थप २६४ जना डिस्चार्ज भएका छन् ।

योसहित कोरोना जित्नेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार १ सय १८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।