तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ ।
ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताउनुभयो ।
मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए ।
उहाँले भन्नुभयोे ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’
कपिलवस्तु जिल्ला अदालतले वि.सं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो ।
कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो ।
उनको शव आफन्तले बुझिसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्