१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द समूहका पूर्वसेक्रेटरी पक्राउ


0
Shares

भोजपुर, असार २२ । नेत्र विक्रम चन्द समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिनुभयो । रासस