१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आजलाई होइन भोलीका लागि स्थिर सरकार केपी ओली’


0
Shares

ललितपुर, असार २२ । प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा सरकार समर्थकहरुले सोमबार ललितपुरमा प्रदर्शन गरेका छन् ।

ललितपुरको कृष्णमन्दिर अगाडि गरिएको प्रदर्शनमा सहमागीहरुले प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुनेमा जोड दिएका छन् ।

राष्ट्रिय अखण्डाताको लागि ओली चाहिने भन्दै उनीहरुले राजनैतिक स्थिरता र स्थायीत्वको लागि पनि उहांको आवश्यकता रहेको बताए ।

आजलाई होइन भोलीलाई स्थिर सरकारका लागि केपी ओलीलाई भन्दै नारा समेत लगाएका उनीहरुले ओली नेतृत्वको सरकारको पक्षमा समर्थन र ऐक्यबद्धता जनाउन सबैलाई आग्रह समेत गरेका छन् ।