१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थलिएको अर्थतन्त्र उकास्न मौद्रिक नीतिले भुमिका खेल्न सक्छ : पूर्व गभर्नर नेपाल


13
Shares

काठमाडौं, असार २२ । लकडाउनका कारण अधिकांंश उद्योग धन्दा यतिखेर प्रभावित छन् ।

यो विषम परिस्थीतिमा आउन लागेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

मौद्रिक नीति आउने मिति नजिकिदै गर्दा विभिन्न क्षेत्रबाट सुझाव संकलनकोे काम समेत भइरहेको छ ।

कोभिडका कारण थलिएको अर्थतन्त्र उकास्न मौद्रिक नीतिले भुमिका खेल्ने अपेक्षा नीजि क्षेत्रको छ ।

अझ भनौं यतिखेर निजी क्षेत्र मौद्रिक नीतिकै पर्खाइमा छ ।

पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल पनि केन्द्रिय बैकले मौद्रिक नीति मार्फत व्यापार व्यवसायलाई पुर्नसंंरचना, पुर्नतालिकीकरण र उठ्नै नसक्ने अवस्थामा पुगेकालाई राहत प्याकेजका कार्यक्रमले सहयोग गर्न सक्ने बताउनु भएको छ ।

डा. नेपालले साना तथा मझौला उद्योगलाई प्रमुख प्राथमिकतामा राखेर मौद्रिक नीति आउने भन्देै समग्रमा सबै क्षेत्रलाई सहज बनाउने नीति आउने विश्वास समेत व्यक्त गर्नुभयो ।