१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाबाट विदेशी विद्यार्थीलाई निकाल्ने तयारी, नेपाली पनि प्रभावित हुनसक्ने


0
Shares

एजेन्सी, असार २३ । अमेरिकामा उच्च शिक्षाका लागि गएका विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने अवस्था आउने देखिएको छ ।

विश्वविद्यालयले अनलाइन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने कि त सुपुर्दगीको जोखिम मोल्नुपर्ने चेतावनी अमेरिकाको इम्मिग्रेसन यान्ड कस्टम्स इनफोर्समेन्टले सोमवार दिएको हो ।

यस निर्णयले अमेरिकामा विश्वविद्यालय पढ्न गएका वा तालिम कार्यक्रममा आएका हजारौं विदेशी विद्यार्थी प्रभावित हुने जनाइएको छ ।

आईसीईले निश्चित भिसा लिएका विद्यार्थीले अनलाइनमा कोर्स लिएर अमेरिकामा बसिरहनुपर्दैन भन्दै भन्दै, ‘फल सेमेस्टरमा पूर्ण अन्लाइन क्लास हुने प्रोग्रामका लागि अमेरिकाले भिसा जारी गर्ने छैन अनि यूएस कस्टम्स यान्ड बोर्डर प्रोटेक्सन पर्मिटले यी विद्यार्थीहरूलाई अमेरिका प्रवेश गर्न समेत दिने छैन’ भनेको छ ।

अहिले अमेरिकामा भएका विद्यार्थीहरूले अन्य उपाय अपनाउन उक्त एजेन्सीले सुझाव दिएको छ । जस्तो, अध्यापकले आमनेसामने भएर पढाउने क्याम्पसमा उनीहरू सर्न सक्छन् । अनि अन्लाइन र भौतिक कक्षा दुवै सञ्चालन गर्ने विश्वविद्यालयहरूका लागि त्यसमा छुटको व्यवस्था छ ।

कोरोना भाइरसका कारण अहिले अमेरिकी विश्वविद्यालयहरूमा अनलाइन पढाई भइरहेका सन्दर्भमा यस्तो निर्णय सरकारले गरेपछि विद्यार्थीहरु चिन्तित बनेका छन् । हार्वर्ड विश्वविद्यालयमा सबै कोर्स अनलाइनमै राखिएको छ ।

‘अत्यन्तै अनिश्चितता छ । साह्रै दिक्कलाग्दो । म मेक्सिको जानुप¥यो भने त जान सकुँला तर कतिपय विदेशी विद्यार्थी त सक्दैनन्,’ हार्वर्डको केनेडी स्कूल अफ गभर्नमेन्टकी ग्राजुएट विद्यार्थी भ्यालेरिया मेन्डिओलाले भनेका छन् ।