
डोटी, जेठ १५ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले डोटीमा स्वतन्त्रता सेनानी स्वर्गीय अर्जुनसिंह कठायतको शालिक अनावरण गरेका छन् ।
कांग्रेसको जागरण अभियानका क्रममा डोटी पुगेका नेता पौडेलले दिवंगत नेता कठायतको शालिक अनावरण गरेका हुन् ।
२००७ देखि बनारसमा कांग्रेस संस्थापक नेता वीपी कोइरालासँगै राजनीति शुरु गरेका कठायत दिपायल सिलगढी नगरपालिका २ मा १९९१ मा जन्मेका थिए ।
शालिक अनावरण गर्दै नेता पौडेलले ११ पटक जेल जीवन बिताएका स्व. नेता कठायतले प्रजातन्त्र स्थापनाका लागि ठूलो योगदान पुर्याएको बताए ।
कठायतको २०५१ असार ३१ गते काठमाडौंमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्