१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुर वाणिज्य संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र


0
Shares

हेटौंडा, असार २३ । मकवानपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

लकडाउनका कारण उद्योग प्रभावित भएको, कर तिर्नका लागि समस्या भएको भन्दै उनीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालमाफ्त सरकारको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरुले मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन गर्न अर्थमन्त्रीलाई ज्ञापनपत्र मार्फत अनुरोध गरेका हुन् । व्यवसायीहरुले निजी क्षेत्रलाई टिकाउनेतर्फ सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य क्षेत्रलगायत सम्पूर्ण प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत यथोचित र अनिवार्य सम्बोधन गर्न अर्थमन्त्रीसमक्ष माग गरेको संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।